Friday, December 17, 2010

जन्मदर्ता शिविर सम्पन्न

जन्मदर्ता शिविर सम्पन्न


गढी, १ रानीसेरा÷प्लान नेपाल मकवानपुरको सहयोग तथा सृजना बाल विकास केन्द्र गढीको आयोजनामा मकवानपुर गढी १ रानीसेरा निमावि र अन्नपानी बुधुनेमा जन्मदर्ता शिविर आज सम्पन्न भएको छ ।

पुस १ र २ गते भएको शिविरमा गढी १ र २ नम्बर वडाका एक सय २६ जना बालबालिकाको जन्मदर्ता गरिएको छ । त्यसैगरी शिविरमा २६ जनाको विवाह दर्ता, ११ जनाको मृत्यु दर्ता र ३ जनाको बसाईसराई दर्ता गरिएको छ । कार्यक्रममा गढी गाविसका सचिव रामचन्द्र सापकोटा, प्लान नेपाल मकवानपुर गढीका विकास संयोजक मकर वियस, संस्थाका अध्यक्ष आइत सिं लो, सुनौलो विकास नेपालका उपाध्यक्ष रमेशकुमार थिङ, सचिव विजय लुङ्वा, गढी गाविसका सहायक अर्जुनप्रसाद चौलागाईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

शिविरमा गढी १ लेनडाडाकी २१ वर्षीया मंगलीमाया थिङ्गले जन्मदर्ता र ५९ बर्षीया माइलीमाया बोम्जनले विवाह भएको २७ वर्षपछि विवाह दर्ता गराएका थिए । अधिकांश घटना दर्ता म्याद नाघि आएका रहेको संस्थाका अध्यक्ष आइत सिं लोले बताए ।

जन्मदर्ता शिविर सम्पन्न