ठिंगन, २८ माघ÷ठिंगन गाविस ३ मा रहेको कान्ति माध्यामिक विद्यालयका छात्र तथा छात्रालाई छात्रबृत्ति वितरण गरिएको छ ।
प्लान नेपाल मकवानपुरको सहयोग तथा सामुदायिक सशक्तिकरण केन्द्र ठिंगनको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य विजय लामाको सभाध्यक्षता र प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकरबहादुर सार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कापीकलम, झोला र अंग्रेजी ग्रामरको किताब छात्रबृत्तिको रुपमा हस्तान्तरण गर्दै प्लान नेपाल मकवानपुरका विकास संयोजकले छात्रबृत्तिले बालबालिकालाई अध्ययन गर्न हौसल्ला मिल्ने बताउनुभयो । ८३ जना बालबालिकालाई छात्रबृत्ति वितरण गरिएको कार्यक्रममा कान्ति बालक्लबका अध्यक्ष लालबहादुर सिंगार, गाविस स्तरिय बालक्लबकी संयोजक प्रतिभा लुङ्वा, सामुदायिक सशक्तिकरण केन्द्रका सचिव बलराम दुलाल, व्यवस्थापन समितिका अध्यक्ष निरन्जन लामा, शिक्षक दिपक घिमिरेलगायले मन्तव्य राखेका थिए ।