Tuesday, July 3, 2012

खेलाडीले लिए गुरुबाट आशीर्वाद

  हेटौंडा÷गुरुपुर्णिमाको अवसरमा मंगलबार मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गर्नुका साथै उनीहरुबाट आशीर्वाद लिएका छन् । हेटौंडाको कबर्डहलमा भएको गुरु सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले आफ्ना गुरुको हातबाट टीका थापेर आशीर्वाद लिएका थिए ।
     खेलाडीले पनि गुरुको लागि विभिन्न मिठाई तथा फलफूल खुवाएका थिए । खेलाडीले गुरुलाई खादा ओढाएर सम्मान गरेका थिए । हरेक वर्ष जस्तै यसवर्ष पनि मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै तेक्वान्दोका गुरु दिलिप राजथलाले उपस्थित सम्पूर्ण चेलाहरुलाई आगामी दिनमा जीवनमा अझै प्रगति गर्न शुभकामना दिएका थिए ।
    मकवानपुर तेक्वान्दो संघको आयोजनामा भएको कार्यक्रममा दिलिप राजथला, माधव कोइराला, रवीन जोशी, लालकाजीरत्न बज्राचार्य लगायत तेक्वान्दोका गुरुहरुको सहभागिता रहेको थियो । त्यस्तै खेलाडीहरुमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी निरु मगर, आगामी भदौमा हुने प्रधानसेनापति कपका लागि छनौट भएका खेलाडी सञ्जीव ओझा लगायतकाको सहभागिता रहेको थियो ।
    परापूर्वकालदेखि नै असार शुक्ल पूर्णिमाका दिन विभिन्न क्षेत्रका व्यक्तिहरुले गुरुको पूजाआदर र भक्तिसम्मान गर्ने
गरिन्छ । यस पूर्णिमाका दिन शैक्षिक, सामाजिक, सांगीतिकलगायतका क्षेत्रका व्यक्तिहरुले आफूलाई शिक्षा दिने गुरुलाई भक्तिसम्मान गर्नुका साथै मिठामिठा खानेकुरा खुवाएर खुसी पार्ने गर्दछन् ।
    यसैगरी गुरु पूर्णिमाको
अवसरमा सीन क्योकुसिन कराते संघले पनि पूजा र सम्मान गरी गुरु पूर्णिमा मनाएको छ । बसामाडी–२ बस्तीपुरमा खेलाडीहरुले गुरुप्रति आदरभाव व्यक्त गरी सम्मान गरेका हुन् ।     संघको आयोजनामा भएको गुरुपूजा कार्यक्रममा प्रशिक्षक तथा संघका अध्यक्ष किशोर श्रेष्ठ, संघका उपाध्यक्ष रामशरण पुडासैनी, सदस्य चण्डिका ढकाल लगायतले करातेका संस्थापकलाई पूजा तथा सम्मान गरेका थिए ।
    त्यस्तै, खेलाडीहरुले प्रशिक्षक श्रेष्ठलाई नेपाली टोपी, खादा, फूलमाला पहि¥याएर सम्मान गरेका थिए । कार्यक्रममा श्रेष्ठले खेलाडीलाई टीका लगाई आत्मरक्षाका लागि खेलिने खेलमा कडा मेहनत गरी प्रतियोगिताहरुमा विजय हात पार्न शुभकामना दिएका थिए । कार्यक्रममा प्रशिक्षक श्रेष्ठले कराते खेलले वर्तमान असुरक्षाको समयमा आत्मरक्षा र आत्मविश्वास पैदा गराउने भएकाले हरेक क्षेत्रमा सफल हुन सक्ने विश्वास व्यक्त गरे ।

जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

Add caption
    हेटौंडा, १९ असार÷सर्वाधिक पुरस्कार राशि भएको मकवानपुर जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि हेटौंडामा सुरु भएको छ । मकवानपुर बुद्धिचाल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा एक जना महिलासहित ३० जनाको सहभागिता रहेको छ ।
    प्रतियोगिताको पहिलो दिन अनिल राजवाहाक, कृष्ण थापा, धरम लामा, नविन श्रेष्ठ, धिरब राजथला, धर्म राजथला र बलराम संजेल विजयी भएका छन् । त्यस्तै, लालबहादुर कार्की, पवन सापकोटा, सुन्दर कार्की, शिशिर श्रेष्ठ, कृष्णबहादुर थिङ, विकासराज शर्मा, राजन थापामगर र नवराज हुमागाई विजयस“गै एक अंक बटुल्न सफल भएका छन् । असार २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट मकवानपुर च्याम्पियनको छनोट गरिने आयोजकले जनाएको छ ।
     प्रतियोगिताबाट प्रथम हुनेदेखि सातौं हुने खेलाडीहरुलाई क्रमशः नगद सात हजार, पा“च हजार, तीन हजार, दुई हजार, एक हजार र पा“च÷पा“चसय रुपिया“ नगद पुरस्कार प्रदान गरिने संघका मकवानपुर अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिएका छन् । आगामी वर्षदेखि क्रमशः पुरस्कारको राशि समेत बढाइ“दै लगिने अध्यक्ष  प्रजापतिले जानकारी दिए ।
    स्वीस लिगअनुसार भइरहेको प्रतियोगितामा एक खेलाडीले ८ राउण्ड सम्म खेल्न पाउने छन् । प्रतियोगिताको लागि ५० हजार भन्दा बढी खर्चको अनुमान गरिएको छ । १५ वर्षदेखि ६२ वर्षसम्मका खेलाडीले भाग लिएको प्रतियोगितामा ७ जना अन्तर्राष्टिय रेटिङ प्राप्त खेलाडीहरुको समेत सहभागिता रहेको संघका सचिव धरम लामाले जानकारी दिए ।
    प्रतियोगितामा सहभागी महिला खेलाडी रेनुका लामिछानेले बुद्धिचालबाट मानसिक क्षमतामा वृद्धि हुने भएकाले आफूले भाग लिएको बताएकी छन् । ‘बुद्धिचालमा बिशेष रुचि पनि छ,’ उनले भनिन् ‘अरु खेलभन्दा यो खेलको महत्व बढी रहेको छ । प्रतियोगितामा सहभागी सबैभन्दा बढी उमेरका ६२ वर्षीय खेलाडी प्रीतमराम रुम्बाले गाउ“घरमा  खेल्दै गरेको भए पनि प्रतियोगितात्मक रुपमा सहभागी हुन पाउ“दा खुसी लागेको बताए । ‘नियम परिधिमा रही खेल खेल्नुपर्दा केही असहज भने लागिरहेको छ,’ रुम्बाले भने ।
    संघले प्रतियोगिताको अन्तिम दिनमा जिल्लाका अग्रज खेलाडीलाई सम्मान समेत गर्ने जनाएको छ । हरेक वर्ष बुद्धिचालको क्षेत्रमा योगदान पु¥याउ“दै आएका जिल्लाका खेलाडीलाई क्रमशः सम्मान गर्दै जाने योजना रहेको कार्यक्रम संयोजक परशुराम लामाले जानकारी दिए ।
    संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको सभाध्यक्षता तथा नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बालकृष्ण चौलागाइर्“, युवा संघ मकवानपुरका अध्यक्ष हिदम लामा, तरुण दल मकवानपुरका कार्यवाहक अध्यक्ष सुनिल दाहाल, संघका उपाध्यक्ष अभय श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप बिष्ट, प्रेस युनियनका केन्द्रीय सदस्य राममणि दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रहरीको हात भा“च्चियो

हेटौंडा, १९ असार÷रेस्टुरेन्ट तोडफोड आरोपी युवालाई पक्रन गएका दुई प्रहरीको हात भा“च्चिएको छ ।
    युरो कप २०१२ फुटबल अन्तर्गत इटाली र स्पेनबीच भएको फाइनल खेल हेर्ने क्रममा विवाद हु“दा बैंकरोडस्थित केएफसी रेस्टुरेन्ट तोडफोड भएको
थियो । रेस्टुरेन्ट तोडफोडमा संलग्नताको आरोप लागेका हेटौंडा–१ चौकीटोलका
विरोध लामालाई पक्रने क्रममा प्रहरीको हात भा“च्चिएको हो ।
    मंगलबार दिउ“सो लामालाई पक्रने क्रममा चौकीटोल चौकीका प्रहरी हबलदार उपेन्द्र राय यादव र जवान जेहसान अन्सारीको हात भा“चिएको हो ।
    पक्रने क्रममा लामा भाग्न बल गर्दा उनीहरु घाइते भएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए । ‘दुईजनाको हात भा“चिएको छ’, चौकीटोल चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश सिंखडाले भने, ‘दुवैको उपचार गरिएको छ ।’ पक्राउ
परेका लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए ।

सुकुमवासी समाधान आयोग नै ‘सुकुमवासी’सुकुमवासी समाधान आयोग नै ‘सुकुमवासी’

हेटौंडा, १९ असार÷विभिन्न जिल्लामा रहेका सुकुमवासीको पहिचान गरी समस्या समाधान गर्न गठन भएको सुकुमवासी समस्या समाधान आयोग नै ‘सुकुमवासी’
रहेको मंगलबार हेटौंडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
    सुकुमवासी समस्या समाधान आयोग काठमाडौंले आयोजना गरेको मध्यमाञ्चल
स्तरीय छलफलमा सहभागी विभिन्न जिल्लाका आयोग पदाधिकारीले कार्यलय नै सुकुमवासी भएपछि सुकुमवासीको समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।
    आर्थिक स्रोत, कर्मचारी र अधिकारबिना गठित आयोगले सुकुमवासीको समस्या समाधान गर्न नसक्ने उनीहरुको भनाइ छ । ‘कार्यालय सञ्चालन गर्न चाहिने सामान्य पूर्वाधार पनि नभएपछि कसरी काम गर्ने ?’, आयोग धनुषाका सदस्य
रामवृक्ष महतोले भने, ‘फर्निचर माग्दा माग्दा हैरान भयौं, तर पाइएन ।’ उनले अभावबाट गुज्रिएको जिल्ला कार्यसमितिले आफूले सकेसम्म काम गरे पनि कर्मचारी अभावका कारण सोचेजति काम गर्न नसकिएको बताए ।
    कार्यक्रममा आयोग चितवनका सदस्य रामशरण कु“वरले सुकुमवासी समस्या दीर्घकालीन भए पनि आयोगको अवधि भने छोटो हुने भएकाले यसले काम नगर्ने बताए । ‘अधिकारविहीन आयोग आफैंमा समस्याग्रस्त छ’, उनले भने, ‘यसैले सुकुमवासीको समस्या कहिल्यै समाधान हुन सकेन ।’
    उनले आयोगका केन्द्रीय पदाधिकारीलाई ठोस कदम चालेर आप्mनो अस्तित्व देखाउन आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीले अधिकारविहीन आयोग नै समस्याबाट गुज्रिएकाले सुकुमवासीको समस्या समाधान हुन नसक्ने बताए ।
    उनीहरुले आयोगको म्याद सकिन लागेकाले म्याद थप्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष भक्तिप्रसाद लामिछानेले जिल्ला पदाधिकारीले उठाएका समस्याप्रति सहमति जनाउ“दै सरकारी कार्यशैलीका कारण समस्या उत्पन्न भएको बताए । उनले समस्याका बावजुद पनि काम गरेर सुकुमवासी समस्या समाधानमा पहल गर्न सबैस“ग आग्रह गरे । कार्यक्रम आयोग मकवानपुरका अध्यक्ष ज्योति
रायमाझीको अध्यक्षतामा भएको थियो ।
हेटौंडा÷मध्यक्षेत्र प्रहरी कार्यालयको आडैमा अवैध धन्दा हु“दासमेत प्रहरीले बेवास्ता गरेको भन्दै चालकहरुले गुनासो गरेका छन् । मध्यक्षेत्र प्रहरी कार्यालयनजिकै पूर्वपश्चिम राजमार्ग खण्डको सडक कर संकलन चौकीमा ‘अवैध धन्दा’ हुने गरेको चालकहरुले गुनासो गरेका हुन् ।
    सडक कर संकलन चौकीमा रसिद भन्दा बढी कर लिने गरेको उनीहरुको भनाइ छ । ‘बेलुकी भएपछि आधा दर्जन बढी युवाहरु चौकीमा बसेका हुन्छन् ’, एक चालकले हेटौंडा सन्देशस“ग भने, ‘रसिद भन्दा १० रुपैंया“ बढी माग्छन्, नदिए कुटपिट गर्छन् ।’ उनका अनुसार युवाले चालकलाई अपशब्द बोल्ने र उनीहरुको मागअनुसार रकम नदिए कुटपिट गर्ने गरेका छन् । राजस्व कार्यालयका कर्मचारीले भन्दा बढी कडा गरेर ट्रक चेकजा“च गर्ने गरेको चालकले बताए ।
    घटनाबारे प्रहरीलाई जानकारी गराउ“दासमेत बेवास्ता भएको चालकको गुनासो छ । बेलुका सहचालक र चालकमात्र हुन्छन्, त्यसैले डरले रसिदअनुसार भन्दा पनि युवाको मागअनुसार रकम बुझाउन बाध्य पारिन्छ । सडक कर चौकीमा नियमित रुपमा प्रहरीको उपस्थिति भएमात्रै आपूmहरु सुरक्षित हुने चालकले विश्वास व्यक्त गरे । राति सञ्चालन हुने सयौं सवारीका चालकस“ग अनियमित रकम असुलेर युवा मोटाउने र चालकले कुटाइ खाने प्रवृत्ति रोक्नुपर्ने उनीहरुको माग छ ।

सवारीसाधनस“ग अवैध रकम असुली

हेटौंडा÷हेटौंडा नगरपालिका–९ लामुसुरे धापबाट सञ्चालन हुने सवारी साधनस“ग स्थानीयले रकम उठाएको गुनासो गरेका छन् । लामसुरे धाप भएर सञ्चालन हुने सवारीसाधनस“ग बाटो सुधारको नाममा गैरकानुनी रुपमा रकम उठाउने गरेको
सवारीधनीले गुनासो गरेका हुन् ।
    बिनादर्ता एकीकृत सामुदायिक विकास योजनाका नाममा धापटोल सुधारका लागि भन्दै प्रत्येक सवारीसाधनबाट दश रुपैया“ उठाइ“दै आएको छ । विकास योजनाले दुई वर्षभन्दा अघिदेखि रकम उठाउ“दै आएको सवारीधनीहरुले बताए । उनीहरुले एकीकृत सामुदायिक विकास योजनाको नाममा
रसिद दिएर रकम उठाउ“दै आएका छन् ।
रसिदमा संस्था दर्ता नम्बर र संस्थाको छापसमेत छैन ।
    स्थानीय बाटो मर्मतका लागि टोल विकासले रकम उठाउ“दै आएको धापटोल विकास समितिका सदस्य माइला लामाले जानकारी दिए । उनले यातायात व्यवसायीस“ग सहमति गरेर रकम उठाएको दाबी गरेका छन् । ‘बाटो सुधारका लागि रकम उठाएका हांै, विरोध भए बन्द गर्र्छौं’, लामाले भने । उनले उठाएको रकमको हिसाब टोल विकासले राख्ने गरेको उल्लेख गरे । लामसुरे धापभएर गुड्ने सवारीस“ग मासिक ३ हजार रुपैया“सम्म जम्मा हुने उनले जानकारी दिए ।
    उठाएको रकमले बाटो मर्मतलगायतका काम गरिरहेको लामाले दाबी गरेका छन् । तर यातायात व्यवसायीले भने दैनिक रुपमा रकम तिर्न नसकिने जानकारी दिए । टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष प्रदीपराज गिरीले टेम्पोस“ग पनि धापमा
रकम उठाएको गुनासो आएको बताएका छन् । रकम उठाउने सम्बन्धमा संघस“ग कुनै छलफल नभएको अध्यक्ष गिरीले जानकारी दिए । धाप भएर दैनिक ९ वटा टेम्पो सञ्चालन भइरहेको अध्यक्ष गिरीले बताए ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले कुनै पनि नाममा रकम उठाउन नपाउने भएकाले यस्तो कार्य तत्काल बन्द गराइने बताए ।

मायाज वार- ‘सेक्स सधै बिक्छ’ (फोटो फिचरसहित) Tweet

छायांकनको वेलामा खिचीएका फोटोहरुको प्रदर्शनी गर्ने चलन नेपाली सिनेमामा छैन । तर, चलचित्र मायाज वारले भने यसको सुरुवात गरेको छ । काठमाडांैमा मंगलवार आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकनको समयमा खिचिएका तस्विरहरु प्रदर्शन गरियो ।
साथमा, विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठका फोटोहरु समेत प्रदर्शनीमा राखिएको थियो । रिरेन्द्रले पनि यो सिनेमामा अभिनय गरेका छन् । कार्यक्रमको उद्घाटन नायिका करिश्मा मानन्धर र नायक गजित विष्टले गरेका थिए ।
करिश्माले पनि चलचित्रभित्र विशेष मिकामा अभिनय गरेकी छिन् । सुनिल मानन्धरको निर्माणमा दिनेश डि.सिले निर्देशन गरेको सिनेमा भित्र नायक राजेश हमाल खलनायकको रुपमा देखिएका छन् । चलचित्रमा नव नायक गजित विष्ट र नायिका निशा अधिकारीको मुख्य भुमिका रहेको छ ।
कार्यक्रममा वोल्दै नायिका करिश्मा मानन्धरले, सिनेमाको प्रमोशनमा आफुले खुलेर साथ दिने वताईन् । यस्तै, निर्देशक दिनेश डि.सिले मायाज वार एउटा गर्व गर्न लायक सिनेमा भएको वताए । निर्माता मानन्धरले ठट्यौली पारामा भने, ‘मैले खुलेर लगानी गरेको छु ।’ खुलेरै लगानी उठे मलाई पनि फाईदा नै हो तर उठेन भने निर्देशकलाई कुट्छु म । चलचित्र मायाज वारको लगानी करोड भन्दामाथि पुगेको निर्माणपक्षको भनाई रहेको छ ।
चलचित्र असार १२ मा काठमाण्डौका हल र असार १८ वाट उपत्यका वाहीरका हलमा लाग्दैछ । चलचित्रको प्रोमोमा भनिएको छ, ‘सेक्स सधै विक्छ’ । सेक्स सधै विक्छ भन्ने सिनेमा विक्छ कि विक्दैन यो प्रतिक्षाको रुपमा छ