Friday, February 11, 2011

प्लानको योजना निर्माणका लागि बालबालिकाको सल्लाह गोष्ठी सम्पन्न

माघ, २५ गढी÷प्लान नेपाल मकवानपुरको आर्थिक वर्ष २०६८÷०६९ को योजना तथा कार्यक्रम निर्माणका लागि मकवानपुर गढी गाविसका बालबालिकासँग सल्लाह तथा सुझाव संकलन गोष्ठी आज चण्डिका उच्च मावि शिखरकटेरीमा सम्पन्न भएको छ ।


जीवन दर्शन युवाक्लब तथा चण्डिका उमाविको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्लान नेपाल मकवानपुर गढी ठिंगन विकास इकाईका विकास संयोजक मकरबहादुर सार्कीले गर्नु भएको थियो । बालबालिकाले प्लान नेपाल मकवानपुरले ग्रामीण क्षेत्रमा आ.व. २०६८÷०६९ का लागि गर्नु पर्ने कार्यक्रम र सल्लाह प्रस्तुत गरेका थिए । २३ जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकाको तर्फबाट चण्डिका बालक्लबका अध्यक्ष टेकबहादुर किंरिङ र शर्मिला दहाल, चण्डिका उमाविका बालक्लब संयोजक शिक्षक गोविन्द तिमल्सिना र सिडियो नेपाल मकवानपुरका सुपरभाइजर रामशरण दहाललगायतले मन्तव्य राखेका थिए ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।