Wednesday, April 13, 2011

मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न

गढी, चैत्र÷जीवन दर्शन युवा क्लब गढीको आयोजनामा गढी ८ ज्वाला देवी निमाविमा दुई दिने मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न आज सम्पन्न भएको छ ।

प्लान नेपाल मकवानपुरको सहयोगमा भएको सो तालिममा आवश्यकतामा आधारित विकासको अवधारणा, बाल केन्द्रित सामुदायिक विकासको अवधारणा, मानव अधिकारमा आधारित विकासको अवधारणा, समुदायको जिम्मेवारी, बाल अधिकार तथा बाल अधिकार संरक्षणमा समुदायको पहल विषयमा प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकरबहादुर सार्कीले सहजीकरण गर्नु भएको थियो ।

जीवन दर्शन युवा क्लबका अध्यक्ष राजवीर मोक्तानको सभाध्यक्षता र प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकर वियसको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन कार्यक्रममा ज्वालादेवी बालक्लबका अध्यक्ष सुवास लम्साल, अभिभावक हरिशरण पुडासैनी, शिक्षिका सुभद्रा लामिछाने, ज्वाला देवी निमाविका प्रअ शिव प्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कठायत, स्वयम्सेविका जानुका ठकुरीलगायतले मन्तव्य राख्नु भएको थियो ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।