Tuesday, July 3, 2012

विपक्षी दलहरुको कारण संयुक्त बैठक स्थगित कांग्रेसको भूमिकालाई लिएर एमाले सशंकित

१९ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच सोमबार साँझ भएको छलफलले मंगलबार मुख्य दलहरुको संयुक्त बैठक बस्ने सहमति गर्यो । यसअघि आफूले आहृवान गरेको बैठकमा माओवादी, मधेसी मोर्चा सहितका नेताहरु सहभागी भएको र त्यसले केही हदसम्म सहमतिको वातावरण बनेकोले फेरि पनि संयुक्त बैठक बस्न कोइरालाले समर्थन जनाउनुभएको थियो ।
तर यसअघि कांग्रेस, एमाले सहितका विपक्षी दलहरुले प्रधानमन्त्रीले सत्ता नछोड्दासम्म छलफलमा नबस्ने निर्णय गरेको थियो । त्यसै अनुसार केही दिन पहिले प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि उनीहरु गएनन् । तर प्रचण्डले प्याकेजमै सहमति जुटाउनुपर्ने भएकाले संयुक्त बैठकमा बस्नुपर्ने प्रस्ताव गर्नुभयो । कोइरालाले पनि पछि सहमति जनाउनुभयो ।
दुई शीर्ष नेताबीच अघिल्लो दिन भएको सहमति अनुसार मंगलबार संयुक्त बैठकको तयारी भयो । प्रधानमन्त्री निवास बालुवाटारमै बैठक गर्न उपयुक्त हुने भएकाले बिहान ८ बजे त्यहीँ छलफल गर्ने गरी माओवादी नेताहरुले कांग्रेस, एमाले र मोर्चाका नेताहरुलाई निम्तो गरे । तर एमाले अध्यक्ष झलनाथ खनालले बैठकको औचित्य नभएको भन्दै एमाले उपस्थित नहुने बताउनुभयो । बैठकबारे आफूलाई पूर्व जानकारी पनि नदिइएको र गृहकार्य पनि नभएकाले बैठकमा उपस्थित नहुने उहाँको भनाई थियो ।
एमाले सहभागी नहुने भएपछि कांग्रेसलाई पनि बैठकमा जान अप्ठेरो भयो । एमालेले नमानेको कारण बैठक स्थगित गर्न कोइरालाले प्रचण्डलाई बैठक स्थगित गर्न आग्रह गर्नुभयो । सोही अनुसार मंगलबार बिहान बस्ने भनिएको संयुक्त बैठक स्थगित भयो । शीर्ष नेताहरुसित छलफल गर्न नपाएपछि प्रधानमन्त्रीले जनजाति नेताहरुलाई बोलाएर परामर्श गर्नुभयो ।
कांग्रेससित एमालेको गुनासो
सरकार बिरुद्ध मोर्चाबन्दी गर्दै आएका कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले मंगलबार दिउँसो बैठक गर्ने यसअघि नै सहमति गरेका थिए । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन लागेकोले यसलाई रोक्न आगामी रणनीति के बनाउने भन्नेबारे साझा धारणा तय गर्नको लागि बैठकको आहृवान गरिएको हो । यसअनुसार एमालेले आफ्नो पार्टी कार्यालयमा विपक्षी दलहरुको बैठक गर्ने तयारी गर्दैथियो । तर एक्कासी कांग्रेस सभापति कोइरालाले विपक्षीको बैठक बस्ने दिन नै सत्तारुढ दलहरुसित संयुक्त छलफलको लागि समर्थन जनाएको भन्दै एमाले आक्रोशित भयो ।
‘एमालेलाई विपक्षी दलहरुको बैठक बस्ने कार्यक्रम मात्र थाहा छ, माओवादी र मोर्चासितको छलफलबारे थाहा भएन’ एमाले नेता भीम रावलले मंगलबार बिहान भन्नुभयो । भट्टराईलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने अभियान चलाएको बेला उल्टै सभापति कोइरालाले आपसमा छलफल नै नगरी संयुक्त बैठकको लागि समर्थन जनाएकोमा एमालेले आपत्ति जनाएको छ । यसअघि विपक्षी दलहरुले प्रधानमन्त्रीले सत्ता नछोड्दासम्म छलफलमा सहभागी नहुने निर्णय पनि गरिसकेका थिए ।
प्रचण्डको लहलहैमा लागेर कांग्रेसले फेरि धोका दिन लागेको भन्दै एमाले सशंकित भएको बल्खु निकट स्रोतले जनाएको छ । एमालेले कडा प्रतिवाद गरेपछि कांग्रेस पनि संयुक्त बैठकमा सहभागी भएन । मंगलबार विपक्षीहरुको बैठकले गर्ने निर्णयको आधारमा मात्र सत्तारुढ दलहरुसित बैठकमा बस्ने नबस्ने टुंगो लाग्ने एमाले अध्यक्ष खनालले बताउनुभएको छ ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।