Tuesday, July 3, 2012

खेलाडीले लिए गुरुबाट आशीर्वाद

  हेटौंडा÷गुरुपुर्णिमाको अवसरमा मंगलबार मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गर्नुका साथै उनीहरुबाट आशीर्वाद लिएका छन् । हेटौंडाको कबर्डहलमा भएको गुरु सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले आफ्ना गुरुको हातबाट टीका थापेर आशीर्वाद लिएका थिए ।
     खेलाडीले पनि गुरुको लागि विभिन्न मिठाई तथा फलफूल खुवाएका थिए । खेलाडीले गुरुलाई खादा ओढाएर सम्मान गरेका थिए । हरेक वर्ष जस्तै यसवर्ष पनि मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै तेक्वान्दोका गुरु दिलिप राजथलाले उपस्थित सम्पूर्ण चेलाहरुलाई आगामी दिनमा जीवनमा अझै प्रगति गर्न शुभकामना दिएका थिए ।
    मकवानपुर तेक्वान्दो संघको आयोजनामा भएको कार्यक्रममा दिलिप राजथला, माधव कोइराला, रवीन जोशी, लालकाजीरत्न बज्राचार्य लगायत तेक्वान्दोका गुरुहरुको सहभागिता रहेको थियो । त्यस्तै खेलाडीहरुमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी निरु मगर, आगामी भदौमा हुने प्रधानसेनापति कपका लागि छनौट भएका खेलाडी सञ्जीव ओझा लगायतकाको सहभागिता रहेको थियो ।
    परापूर्वकालदेखि नै असार शुक्ल पूर्णिमाका दिन विभिन्न क्षेत्रका व्यक्तिहरुले गुरुको पूजाआदर र भक्तिसम्मान गर्ने
गरिन्छ । यस पूर्णिमाका दिन शैक्षिक, सामाजिक, सांगीतिकलगायतका क्षेत्रका व्यक्तिहरुले आफूलाई शिक्षा दिने गुरुलाई भक्तिसम्मान गर्नुका साथै मिठामिठा खानेकुरा खुवाएर खुसी पार्ने गर्दछन् ।
    यसैगरी गुरु पूर्णिमाको
अवसरमा सीन क्योकुसिन कराते संघले पनि पूजा र सम्मान गरी गुरु पूर्णिमा मनाएको छ । बसामाडी–२ बस्तीपुरमा खेलाडीहरुले गुरुप्रति आदरभाव व्यक्त गरी सम्मान गरेका हुन् ।     संघको आयोजनामा भएको गुरुपूजा कार्यक्रममा प्रशिक्षक तथा संघका अध्यक्ष किशोर श्रेष्ठ, संघका उपाध्यक्ष रामशरण पुडासैनी, सदस्य चण्डिका ढकाल लगायतले करातेका संस्थापकलाई पूजा तथा सम्मान गरेका थिए ।
    त्यस्तै, खेलाडीहरुले प्रशिक्षक श्रेष्ठलाई नेपाली टोपी, खादा, फूलमाला पहि¥याएर सम्मान गरेका थिए । कार्यक्रममा श्रेष्ठले खेलाडीलाई टीका लगाई आत्मरक्षाका लागि खेलिने खेलमा कडा मेहनत गरी प्रतियोगिताहरुमा विजय हात पार्न शुभकामना दिएका थिए । कार्यक्रममा प्रशिक्षक श्रेष्ठले कराते खेलले वर्तमान असुरक्षाको समयमा आत्मरक्षा र आत्मविश्वास पैदा गराउने भएकाले हरेक क्षेत्रमा सफल हुन सक्ने विश्वास व्यक्त गरे ।

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।